चीनद्वारा अन्तरिक्ष सौर्य ऊर्जामा नयाँ सफलता

यस स्टोरीको अंश: चीनले अन्तरिक्ष सौर्य ऊर्जामा ताररहित प्रसारणमा सफलता हासिल गर्‍यो
newspolar.com · 1 हप्ता अघि

चीनका वैज्ञानिकहरूले अन्तरिक्षमा आधारित सौर्य ऊर्जा केन्द्र निर्माणतर्फ महत्वपूर्ण प्रगति हासिल गरेका छन् । भविष्यमा पृथ्वी तथा अन्तरिक्षयानहरूलाई ऊर्जा आपूर्ति गर्न सक्ने विशाल अन्तरिक्ष विद्युत् केन्द्र निर्माणको दिशामा यो उपलब्धिलाई अत्यन्त महत्वपूर्ण मानिएको छ । उत्तरपश्चिम चीनको शान्सी प्रान्तस्थित एक विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ‘सूर्य पछ्याउने’ परियोजनाअन्तर्गत उल्लेखनीय सफलता प्राप्त गरेका छन् । अनुसन्धान टोलीले ताररहित विद्युत् प्रसारणका लागि भूमिमा आधारित यस्तो परीक्षण प्रणाली विकास गरेको छ, जसले एकै समयमा चलिरहेका धेरै उपकरणहरूलाई ऊर्जा प्रदान गर्न सक्षम रहेको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू