विदेश पठाउने भन्दै करोडौँ ठगी, सात जना पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारीको प्रलोभनमा करोडौं ठगी गर्ने सात जना पक्राउ
नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा डब्लुडब्लुआइसिएस अध्यागमन सेवा नेपाल प्रालिका सञ्चालक अमितकुमार र राहुल कुमारसहित मुस्कान घिमिरे, जनकबहादुर वाइबा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरे रहेका छन्। उनीहरूले क्यानडा, ग्रिस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिका पठाउने भन्दै रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›