बिजनेस स्टार्टअप भिसामा क्यानडा पठाइदिन्छु भन्दै १ करोड ५७ लाख ठग्ने व्यक्ति प्रहरीको फन्दामा
▸ यस स्टोरीको अंश: क्यानडा पठाउने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ
बेरोजगार युवायुवतीहरूलाई बिजनेस स्टार्टअप भिसामा क्यानडा रोजगारीको लागि लैजाने भन्दै प्रतिव्यक्ति ८० हजार अमेरिकन डलर लागत लाग्ने भन्दै ठग्ने भारतका अमित कुमार र राहुल कुमार पक्राउ परेका छन्। उनीहरूले हालसम्म सम्पर्कमा आएका ४ जना पीडितहरूसँग १ करोड ५७ लाख ठगी गरेको प्रहरीले जनाएको छ। डाक्टर र नर्स पेसामा आबद्ध व्यक्तिहरू समेतलाई प्रत्यक्ष पिआर भिसा मिलाइदिने भनी रोजगारी तथा अन्य प्रलोभनमा पारी क्यानडा पठाएकोमा वर्क परमिटमा उल्लेखित अस्पताल नै नभेटिएकोले पीडितहरू फर्केर आएको खुल्न आएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित