सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेट

यस स्टोरीको अंश: सभामुख अर्याल र कोरियाली राजदूत पार्कबीच द्विपक्षीय सहकार्यबारे छलफल
www.makalukhabar.com · 4 दिन अघि

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यालयमा आज भएको भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा विस्तृत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटका क्रममा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउन आग्रह गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू