विश्वकप लिग–२: नेपाललाई जित्नै पर्ने दबाब, स्कटल्याण्डसँग भिड्दै
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुँदैछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ । हालसम्म तीन खेल सम्पन्न भइसकेका छन्, जसमा स्कटल्याण्डले दुवै खेल जितेको छ भने नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न नेपाल अङ्क तालिकाको शीर्ष छ स्थानभित्र पर्न अनिवार्य छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित