झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ : सांसद ओली

यस स्टोरीको अंश: सांसद ओलीले झापाको फोहोर आयोजनामा भ्रष्टाचार र अनियमितताको आरोप लगाइन्
www.dcnepal.com · 18 घण्टा अघि

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराएकी छिन् । करोडौंको लगानीमा निर्माण गरिएको उक्त परियोजना अहिले कबाडीखानामा परिणत भएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । सांसद ओलीका अनुसार कनकाई नगरपालिका–२ मा ‘कनकाई वीरता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर महिला व्यवस्थापन कम्पनी लिमिटेड’ को नाममा उक्त प्रोजेक्ट निर्माण गरिएको थियो । तिनै वटा नगरपालिकाको आर्थिक सहभागिता, वल्र्ड बैंक र वैकल्पिक ऊर्जाको सहयोगमा ७४५ जना उपभोक्ताले समेत लगानी गरेको सो आयोजनामा २१ करोड भन्दा बढी लगानी भइसकेको छ । यद्यपि, सो परियोजनाले दिनको ४०० रूपैयाँ बराबरको बायोग्यास समेत उत्पादन गर्न नसकेको उनले दाबी गरिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू