विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
▸ यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदनमाथि छानबिन सुरु
आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयमा ५० जनाले आवेदन दिएका छन् भने पूर्वाञ्चल र पोखरा विश्वविद्यालयमा ३८/३८, सुदूरपश्चिममा १९, मध्यपश्चिममा २०, लुम्बिनी बौद्धमा ११, कृषि तथा वन विज्ञानमा १५ र राजर्षि जनक विश्वविद्यालयमा २७ जनाले आवेदन दिएका छन्। आवेदकहरूको कागजात अध्ययन गरी स्वीकृत उम्मेदवारको सूची प्रकाशन गरेर छनोट प्रक्रिया आरम्भ गर्ने तयारी समितिले गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›