सप्तकोशी नदीको बीच टापुबाट ४७५ केजी गाँजा बरामद
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीले सप्तकोशी नदीको टापुबाट ४७५ किलो गाँजा बरामद गर्यो
सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करीव ४७५ केजी गाँजा बरामद गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा १६ वटा बोरामा अवैध रुपले लुकाई छिपाई राखेको उक्त गाँजा बरामद गरिएको हो । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा वेश रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित