ट्राफिक प्रहरीको अनलाइन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध हुने
▸ यस स्टोरीको अंश: महालेखाको प्रणाली मर्मतले अनलाइन ट्राफिक जरिवाना भुक्तानी अवरुद्ध हुने
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज साढे ३ बजेदेखि न्यूनतम चार घण्टादेखि १४ घण्टासम्म जरिवाना भुक्तानी प्रणाली अवरुद्ध हुनसक्ने जानकारी दिएको छ । महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गरेको रेभेन्यु मेनेजमेन्ट इन्फर्मेशन सिस्टममा प्राविधिक सम्भार भइरहेको हुनाले ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा समस्या आएको ट्राफिक प्रहरीले जनाएको छ । सो अवधिभर अनलाइन माध्यमबाट जरिवाना तिर्न नसकिने प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›