इँटाभट्टाको पर्खाल खसेर पुरिएका तीन मजदुरको मृत्यु, दुई घाइते

यस स्टोरीको अंश: सर्लाही इँटा उद्योगमा पर्खाल खस्दा तीन मजदुरको मृत्यु, दुई घाइते
pradeskhabar.com · 1 हप्ता अघि

सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा अचानक चाङ (पर्खाल) खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा गोडैता नगरपालिका–७ रामवन निवासी ५० वर्षीय फिताई मन्सुर, गोडैता नगरपालिका–९ निवासी ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमार रहेका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू