वीरगन्जका मेयर राजेशमान सिंह फरार पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
▸ यस स्टोरीको अंश: वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्तेमा पक्राउ पुर्जी जारी
किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र पारेको छ। मेयर सिंहलाई नियन्त्रणमा लिन प्रहरीले विशेष टोलीसमेत परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›