पोखरा बसपार्कको अतिक्रमणबारे छानविन गर्न तीन सदस्यीय न्यायिक समिति गठन
▸ यस स्टोरीको अंश: चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरीलाई
पोखरा उपत्यका नगर विकास समितिले पोखरा बसपार्क निर्माणका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे उठेका विवाद र गुनासोको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय न्यायिक अध्ययन समिति गठन गरेको छ । समितिको अध्यक्षमा पूर्व न्यायाधीश शंकरराज बराल रहेका छन् । समितिलाई पछिल्लो ५१ वर्षमा विभिन्न चरणमा भएका निर्णय, जग्गा सट्टापट्टा, क्षतिपूर्ति वितरण तथा सम्बन्धित कागजातहरूको अध्ययन, विश्लेषण र सत्यतथ्य परीक्षण गरी न्यायिक दृष्टिकोणबाट प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›