फिन इलेक्ट्रो–टेक २०२६ जेठ २२ देखि

यस स्टोरीको अंश: काठमाडौंमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी जेठ २२ देखि
newsofnepal.com · 11 घण्टा अघि

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी “फिन इलेक्ट्रो–टेक २०२६” आगामी २०८३ साल जेठ २२ देखि २५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबल तथा कन्डक्टर, एलइडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिनेछ । आयोजकका अनुसार प्रदर्शनीले विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादन प्रवद्र्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू