सामुदायिक वनमा काठ कटान
सिन्धुलीमा गत वर्ष २२६ वटा सामुदायिक वनबाट करिब छ लाख २३ हजार क्युफिट काठ कटान गरिएको छ । डिभिजन वन कार्यालय सिन्धुली अन्तर्गतका १११ वटा तथा डिभिजन वन कार्यालय मरिण अन्तर्गतका ११५ वटा सामुदायिक वन समितिलाई उक्त परिमाण बराबरको काठ कटान गर्न आदेश दिइएको हो । बागमती प्रदेश सरकारको वन मन्त्रालयले जारी गरेको ‘दिगो वन व्यवस्थापन कार्यविधि–२०७९’ अनुसार कार्ययोजना तयार गरी सामुदायिक वन समितिले डिभिजन वन कार्यालयबाट आदेश लिई काठ कटान गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›