केही प्रदेशमा मध्यमसम्मको वर्षा हुँदा केहीमा तातो दिन हुने पूर्वानुमान
▸ यस स्टोरीको अंश: पश्चिमी र स्थानीय वायुको प्रभावले देशका केही स्थानमा वर्षाको सम्भावना
देशका केही भूभागमा आज वर्षाको सम्भावना छ भने केही स्थानमा उच्च गर्मी हुने पूर्वानुमान छ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको तराई भूभाग र बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका साथै वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित