प्राकृतिक विपद् सामूहिक दुर्घटना बीमामा समेटिए कर्णालीका सबै नागरिक
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारद्वारा करिब १७ लाख नागरिकका लागि विपद् बिमा सम्झौता नवीकरण
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत ‘विपद् जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच पुनः एक वर्षका लागि बीमा सम्झौता गरिएको हो । यो प्राकृतिक विपद्बाट हुने क्षतिको बीमा सम्झौता ३० वैशाख २०८३ बाट लागू हुने गरी एक वर्ष अवधिका लागि नवीकरण गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›