पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक जोशी बर्खास्त
▸ यस स्टोरीको अंश: पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पद खारेज, नयाँ नियमावली जारीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभासचन्द्र जोशीलाई बर्खास्त गरेको छ । मन्त्रालयले कर्मचारी सेवा, सर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जोशीलाई पदबाट हटाएको हो । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री खड्कराज पोडेल (गनेस) ले मन्त्रीस्तरीय निर्णयअनुसार कोषको पुरानो नियमावली खारेज गरी पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी नयाँ नियमावली जारी गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›