काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

यस स्टोरीको अंश: गोठाटारबाट पेस्तोलसहित सन्दीप परियार पक्राउ, हातहतियार मुद्दामा अनुसन्धान
ghatanarabichar.com · 1 हप्ता अघि

प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित सन्दीप परियारलाई पक्राउ गरेको छ । निजले बिग्रिएर चल्न नसक्ने बा४ख ५२४१ नम्बरको आइसर गाडीको सिटको मुनि लुकाइछिपाइ राखेको म्याग्जिनसहितको पेस्तोल एक थान फेला पारी पक्राउ गरिएको हो । निज परियारविरुद्ध हातहतियारसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू