विकास निर्माणका अवरोध हटाउन र मूल्यवृद्धि सम्बोधन गर्न सरकारलाई समितिको निर्देशन
▸ यस स्टोरीको अंश: विकास निर्माणमा ढिलासुस्तीले लागत बढ्यो, मूल्यवृद्धिले संकट: मन्त्रीहरू
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिए। समितिले हालको सार्वजनिक खरिद कानुन विकासमैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य र विकासमैत्री वातावरण बनाउन चालु संसदीय अधिवेशनमै सार्वजनिक खरिद कानुन परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›