नेपाल–रोमानिया व्यापार सहकार्य विस्तारको ठूलो सम्भावना छ : सांसद पराजुली
▸ यस स्टोरीको अंश: सांसद पराजुली भन्छन्, नेपाल–रोमानिया व्यापार र लगानी सहकार्य विस्तारको ठूलो सम्भावना छ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल–रोमानिया व्यापार मञ्च सम्बन्धी उद्घाटन समारोह तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई देशबीचको वर्तमान व्यापार परिमाण सानो भएपनि आगामी दिनमा सहकार्यका धेरै क्षेत्र खुला रहेको उल्लेख गरे । उनले नेपालले उच्च गुणस्तरका गार्मेन्ट, हस्तकला, जडीबुटी, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्ने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित