त्रिवेणी गण्डक बाँधबाट नहरमा पानी प्रवाह सुरु
▸ यस स्टोरीको अंश: भोजपुरको ऐसेलु खोलामा पक्की पुल निर्माण सुरु, गणतन्त्र दिवसमा निर्माण व्यवसायी सम्मानित, त्रिवेणी गण्डक बाँधबाट नहरमा पानी प्रवाह
पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा सिँचाइका लागि बनाइएको नेपाल–गण्डक पश्चिमी नहरमा गणतन्त्र दिवसको अवसर पारेर बिहीबारदेखि पानी छाडिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष एक साताअघि नै नहरमा पानी छाडिएको हो । झन्डै नौ करोड रुपियाँ लागतमा नहर सफाइ तथा मर्मतसम्भार गरी चालु आर्थिक वर्षका लागि काम सम्पन्न गरिएको छ । गण्डक बाँधबाट ३२ किलोमिटर लम्बाइ रहेको नहरमार्फत पश्चिम नवलपरासीका ६ वटा स्थानीय तहका करिब ७ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्दै आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›