गणतन्त्रका मुख्य सूत्रधार नै गणतन्त्र दिवस समारोहमा अनुपस्थित

यस स्टोरीको अंश: प्रचण्ड भन्छन्, संविधानको मर्मबाट पछि हट्न मिल्दैन; गणतन्त्र दिवसमा शुभकामना
www.dcnepal.com · 17 घण्टा अघि

नेपालमा साढे दुई दशक लामो राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्ने राजनीतिक परिवर्तनका मुख्य सूत्रधार (मियो) मानिएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै यस वर्षको गणतन्त्र दिवस सैनिकमञ्च टुँडिखेलको मूल समारोहमा अनुपस्थित भएका छन् । २०६२/६३ को ऐतिहासिक जनआन्दोलन र त्यसको जगमा भएको शान्ति प्रक्रियाका प्रमुख हस्ताक्षरकर्ता प्रचण्ड अस्वस्थताका कारण देशको १९औँ गणतन्त्र दिवस २०८३ को राजकीय मूल समारोहमा सहभागी हुन नसकेका हुन् । विगतका वर्षहरूमा गणतन्त्र दिवसका हरेक औपचारिक कार्यक्रमहरूमा मुख्य आकर्षण र सक्रिय हिस्सेदार रहने दाहालको अनुपस्थितिलाई टुँडिखेलको विशेष समारोहमा निकै चासो र महत्त्वका साथ हेरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू