सुन एकैदिन ताेलामा ५ हजार ५०० सय रूपैयाँले घट्याे
नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ। बुधबार तोलामा एक हजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार पनि प्रतितोला पाँच हजार पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›