कोशीको अर्थतन्त्र १० खर्बमाथि पुग्ने संकेत, वृद्धि दर भने राष्ट्रिय औसतभन्दा कम

यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गर्‍यो
pradeskhabar.com · 6 दिन अघि

चालु आर्थिक वर्ष २०८२–०८३ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन १० खर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ । प्रदेशको अर्थतन्त्र विस्तार हुँदै गए पनि आर्थिक वृद्धिदर भने राष्ट्रिय औसतभन्दा तल रहने प्रक्षेपण सार्वजनिक भएको छ । तथ्यांक समन्वय कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रादेशिक लेखा अनुमानअनुसार चालु आर्थिक वर्षमा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन १० खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको हो । सोही अवधिमा प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू