मुस्ताङबाट झण्डै ६ सय कार्टुन ‘भेप’ बरामद
▸ यस स्टोरीको अंश: मुस्ताङबाट ५९२ कार्टुन विद्युतीय चुरोट बरामद, दुई चालक नियन्त्रणमानेपाल–चीन उत्तर कोरला नाकास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ । कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाइछिपाइकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो । सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›