सुदूरको मौलिक बाजा संकटमा

यस स्टोरीको अंश: भृकुटीको प्रतिमा अनावरण गरियो, देवकोटाको मूर्तिबारे पनि चर्चा
ehimalayatimes.com · 1 हप्ता अघि

सुदूरपश्चिमका मौलिक बाजा पछिल्लो पुस्ताले आत्मसात नगर्दा लोप हुने अवस्थामा पुगेका छन् । प्राचीनकालदेखि चल्दै आएका धार्मिक, सांस्कृतिक, सामाजिक तथा व्यक्तिगत शुभकार्यमा गायन तथा वाद्यवादनको साधनका रूपमा प्रयोग हुँदै आएका दमाहा बाजा बजाउनेमा युवाहरूको आकर्षण नदेखिँदा ती लोप हुने अवस्थामा पुगेका हुन् । देवपूजन, न्वारन, बृहत् बन्धन, वैवाहिक उत्सव, देवी–देवताका मेला तथा जात्राहरूमा अपरिहार्य रूपमा प्रयोग हुने दमाहा बाजा बजाउने कलाकारको अभाव खड्किएको मात्र होइन, संस्कृति र परम्परा नै लोप हुने हो कि भन्ने चिन्ता अहिलेको पुस्तामा बढेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू