हुलाकमार्फत घरदैलोमै राहदानी सेवा
▸ यस स्टोरीको अंश: नवलपरासीमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा सुरु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीचको समझदारीमा यो सेवा लागू गरिएको हो । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानी सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरी सेवा शुभारम्भ गरिएको छ । यस सेवाले नागरिकलाई सहजता प्रदान गर्नुका साथै हुलाक सेवाप्रतिको जनविश्वास र विश्वसनीयता थप मजबुत हुने विश्वास लिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›