सङ्खुवासभामा आगलागी हुँदा चार लाख बराबरको क्षति

यस स्टोरीको अंश: सङ्खुवासभामा आगलागी: राजु तामाङको घर जलेर ४ लाखको क्षति
prasashan.com · 2 घण्टा अघि

जिल्लाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा रु. चार लाख बराबरको धनमालको क्षति भएको छ । धर्मदेवी-१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धनबहादुर राजवंशीले आगलागीबाट ढुंगा, माटो र काठले बनेको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको बताउँदै करिब रु. चार लाख बराबरको क्षति भएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू