गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराइने, वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीकर्ताले आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रूपमा लिजमा लिन सक्ने व्यवस्था गरिने बताए । वैदेशिक लगानी आकर्षण गर्न विशेष नीति अख्तियार गरिने र विदेशी लगानी संरक्षण तथा दोहोरो कर मुक्ति सम्झौता गर्ने सरकारको योजना छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित