सार्वजनिक संस्थानको कूल सम्पत्ति ३२ खर्ब बढी, २७ नाफा र १६ घाटामा
▸ यस स्टोरीको अंश: सार्वजनिक संस्थानको वार्षिक समीक्षा: २७ नाफामा, १६ घाटामा
सार्वजनिक संस्थानको कूल सम्पत्ति ३२ खर्ब छ अर्ब ९१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ । सरकारको लगानी १३ दशमलव ४४ प्रतिशतले बढेर रु सात खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख पुगेको छ । सञ्चालनमा रहेका ४५ संस्थानमध्ये २७ नाफामा र १६ घाटामा छन् । कूल सञ्चित नाफा २१.५१ प्रतिशतले बढेर रु एक खर्ब पाँच अर्ब ४५ करोड ४२ लाख पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›