पूर्वराष्ट्रपति भण्डारीको सन्देश–चुनौतीहरूको सामना गर्न सांगठानिक एकता, नेतृत्वमा त्याग र समर्पण अपरिहार्य
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीद्वारा 'जबज' नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको दाबीपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गरिनु पर्ने बताएकी छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै उनले अहिले देखिएका चुनौतीहरूको सामना गर्न महत्वपूर्ण शर्त सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको बताएकी छन् । जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले बताएकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›