जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइनेछ: ऊर्जामन्त्री श्रेष्ठ

यस स्टोरीको अंश: ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्ने बताए
hamrakura.com · 3 दिन अघि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक-सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारेका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू