पर्यटकको आकर्षण बन्दै मेचीपारिको ‘नेपाल पार्क’
▸ यस स्टोरीको अंश: मेचीपारिको ‘नेपाल पार्क’ पर्यटकको नयाँ आकर्षण बन्दै
भद्रपुर नगरपालिका–७ मा मेची पुलको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको ‘नेपाल पार्क’ नयाँ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। सीमाक्षेत्रमै नेपालको पहिचान झल्काउने गरी बनाइएको पार्कले दैनिक रूपमा नेपाल आउने–जाने स्वदेशी तथा विदेशी पर्यटकको ध्यान आकर्षित गरिरहेको छ। पार्कमा ‘नेपाल’ लेखिएको कलात्मक संरचना, भगवान गौतम बुद्धको प्रतिमा, आकर्षक फोटो पोइन्ट, आरामदायी फलैँचा, राष्ट्रिय झण्डा तथा देशका प्रमुख धार्मिक र पर्यटकीयस्थल समेटिएका होर्डिङ बोर्ड राखिएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित