जौटार सामुदायिक वन पर्यटकीय गन्तव्य बन्दै
▸ यस स्टोरीको अंश: गुप्तेश्वर गुफामा पर्यटकको उल्लेख्य भीड, एक दिनमा पाँच लाखभन्दा बढीको टिकट बिक्री
धनकुटाको पाख्रिबास नगरपालिका–३ अन्तर्गत रहेको जौटार सामुदायिक वन पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । कच्ची तथा हिलाम्मे सडकको स्तरोन्नतिसँगै सवारी आवागमन सहज बनेको छ । जौटार पार्कको जीर्णोद्धार, खानेपानी व्यवस्थापन तथा सडक मर्मतपछि पर्यटकको आगमन बढेको छ । यहाँको चिसो मौसम, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले पर्यटकको मन जित्ने गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›