विश्वविद्यालयको उपकुलपतिका लागि परेकाे आवेदनमाथि छानबिन सुरु
▸ यस स्टोरीको अंश: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त आह्वान
विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन आव्हान गरेको थियो । आवेदकहरूको कागजात अध्ययन गरी स्वीकृत उम्मेदवारको सूची प्रकाशन गरेर छनोट प्रक्रिया आरम्भ गर्ने तयारी समितिले गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›