बाघको आक्रमणबाट वन हेरालु घाइते
▸ यस स्टोरीको अंश: लहान नगरपालिकाद्वारा आगलागी पीडित थापामगर परिवारलाई राहत र आवास व्यवस्था
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु सन्तराम चौधरी घाइते भएका छन् । एकता सामुदायिक वनमा सोमबार पाटे बाघले आक्रमण गर्दा उनी घाइते भएका हुन् । जिल्लास्थित डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन कार्यालय प्रमुख लक्ष्मीराज जोशीले घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार भइरहेको जानकारी दिए । वन कार्यालयले लालझाडी जङ्गल क्षेत्रमा आवतजावत गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित