झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
▸ यस स्टोरीको अंश: स्याङ्जाका युवाले बाँझो जग्गामा अकबरे खुर्सानी खेती गरी १० लाख आम्दानी गर्ने लक्ष्य
स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरेका छन् । भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको हो । किसान तनबहादुर गुरुङले विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउन सकियोस् भन्ने उद्देश्यले स्वदेशमै खुर्सानीखेती थालेका हुन् । यस वर्ष २० हजार बिरुवा खुर्सानी लगाउने लक्ष्य छ भने खुर्सानी बिक्रीबाट करिब १० लाख आम्दानी गर्ने लक्ष्य छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित