वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौँ ठगी गर्ने चार जना पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारीको प्रलोभनमा लाखौं ठगी गर्ने चार जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभनमा पारी बेरोजगार युवायुवतीलाई टर्की, साइप्रस र लिथुआनिया जस्ता देशहरूमा पठाइदिन्छु भन्दै लामो समयसम्म झुक्यानमा राखेर ठगी गरेको आरोपमा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ स्थायी ठेगाना भई हाल काठमाडौं बस्ने ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ रहेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›