प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न : बार र बेन्चबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ ?
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सम्पन्न, कार्ययोजना पेश
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाइ जारी रहेको छ। सुनुवाइका क्रममा नेपाली काँग्रेसका सांसद आनन्द ढुंगानाले न्यायालय र बारबीच लामो समयदेखि जारी द्वन्द्व व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रश्न उठाउनुभयो। उहाँले बेन्च (न्यायालय) र बारबीचको विवादका कारण न्याय सम्पादन प्रभावित हुँदै आएको उल्लेख गर्दै विगतमा केही प्रधानन्यायाधीशले विवाद कम गर्ने प्रयास गरे पनि पछिल्लो समय फेरि द्वन्द्व बढ्दै गएको टिप्पणी गर्नुभयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित