प्रधानमन्त्री बालेनको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने युवक पक्राउ
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौं, शंखमुल बस्ने २२ वर्षीय प्रकाश खड्का रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय तथा त्रास सिर्जना गर्ने र अमर्यादित भाषा प्रयोग गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›