प्रधानमन्त्री कार्यालयको नाम लिएर कर्मचारीलाई धम्की दिने व्यक्तिमाथि कारबाही अघि बढाइयो
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार दैलेख जिल्लाको दुल्लु नगरपालिकाका वडा सचिव कमल भण्डारीलाई ‘प्रकाश खड्का’ नाम गरेका व्यक्तिले फोन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गर्दै अभद्र भाषामा धम्की दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›