सरकारले निजी क्षेत्रलाई भन्यो – निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्

यस स्टोरीको अंश: सरकार निजी क्षेत्रमैत्री नीतिमा अघि बढ्ने, व्यवसायीलाई निर्धक्क व्यवसाय गर्न आग्रह
himalpress.com · 1 दिन अघि

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकार निजी क्षेत्रमैत्री नीति लिई अघि बढिरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । उनले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव नभएको र सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरेर धरपकड नगरेको बताए । सरकारले सुशासन र भ्रष्टाचार अन्त्यको ‘एजेन्डा’बाट बनेको र ‘शून्य सहनशीलता’ नीति अपनाएको उल्लेख गर्दै उनले निजी क्षेत्रमैत्री बजेट ल्याउने तयारी गरिरहेको बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू