बागमती प्रदेशको बेरुजु रकम पाँच अर्बभन्दा बढी
▸ यस स्टोरीको अंश: प्रदेशहरूमा बेरुजु रकम बढ्दो, महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन सार्वजनिक
बागमती प्रदेशको आर्थिक वर्ष २०८१÷०८२ को बेरुजु रकम आव २०८०÷०८१ को तुलनामा घटेको छ। महालेखा परीक्षकको कार्यालयले गरेको बागमती प्रदेशको प्रदेश मन्त्रालय तथा निकायको लेखापरीक्षण अनुसार यस प्रदेशको आव २०८०÷०८१ को बेरुजु रकम ८५ करोड १७ लाख ८२ हजार रुपियाँ रहेकामा आर्थिक वर्ष २०८१÷०८२ को बेरुजु रकम ६९ करोड ३७ लाख ९४ हजार रुपियाँमा झरेको छ । तर बजेटको प्रभावकारी कार्यान्वयनको अभाव, प्रदेशले आफैले बनाएको कानुन र सार्वजनिक खरिद ऐन विपरीत तथा रीत नपुर्याई खर्च गर्ने प्रदेशका मन्त्रालय र निकायको प्रवृत्तिले निरन्तरता पाउँदा यस प्रदेशको कूल बेरुजु रकम भने वर्षेनी बढ्दो छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›