संसदमा एमाले सांसद श्रेष्ठको माग : मन्त्रीहरूको सुन किनेको बिल सार्वजनिक गरियोस

यस स्टोरीको अंश: मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न सांसद श्रेष्ठको माग
taksarnews.com · 1 हप्ता अघि

नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा समावेश गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेकी छन् । आजको प्रतिनिधि सभा बैठकमा सांसद श्रष्ठले बिलबिना सुन किनबेच नहुने भएकाले बिल सार्वजनिक गर्न माग गरेकी हुन् । यसबाट स्रोत पनि प्रष्ट हुने उनको भनाई थियो । उनले भनिन्,“भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारका मन्त्रीको त्यत्रो सुन कहाँबाट आयो बिल पनि सार्वजनिक गरियोस् । बिलबिना सुन किनबेल हुँदैन । सुशासन र पारदर्शिता आफैबाट सुरु गर्न म अनुरोध गर्दछु ।” प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को परिवारसँग मात्रै १८९ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू