जनतासँग बढी कर नलिन सांसदको माग
▸ यस स्टोरीको अंश: जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरू
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिए । सांसद सुशान्त वैदिकले प्युठानका अलपत्र सडकको कामलाई तीव्रता दिन र चट्याङबाट बच्न प्रतिरोधी टावर बनाउन माग गरे । सांसद सुशील खड्काले फोहरमैला व्यवस्थापनलाई प्रोत्साहनको सट्टा दुरुत्साहनको काम भएकाले कबाडी कर खारेज गरिनुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›