२५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा, स्वास्थ्य क्षेत्रमा पीपीपी मोडल
▸ यस स्टोरीको अंश: सरकारले २५ प्रकारका औषधि उत्पादन गर्ने र तीन स्वास्थ्य संस्था अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने घोषणा
सरकारले कम्तिमा २५ प्रकारका औषधि उत्पादन गर्नसक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयको रूपमा विकास गरिनेछ । सार्वजनिक–सार्वजनिक साझेदारी (पीपीपी) मोडेलमा देशका सात वटै प्रदेशका अस्पतालहरूलाई शिक्षण अस्पताल तथा विशिष्टिकृत स्वास्थ्य सेवा केन्द्रको रूपमा रुपान्तरण गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›