बार अध्यक्ष मिश्रको चेतावनी– भोलि इजलास बहिष्कार गर्नुपर्ने स्थिति आउला!

यस स्टोरीको अंश: नेपाल बारद्वारा सर्वोच्च प्रशासनको विरोधमा लालटिन बाल्ने घोषणा
www.setopati.com · 1 हप्ता अघि

नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्रले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको सिफारिसले न्यायपालिकालाई कार्यपालिकाको एउटा शाखाका रूपमा रूपान्तरण गर्न खोजिएको बताएका छन्। सर्वोच्च अदालत प्रांगणमा कानुन व्यवसायीहरूले मंगलबार लाल्टिन बालेर सुरू गरेको विरोध प्रदर्शनबीच बार अध्यक्ष मिश्रले संविधान मिचेर कार्यपालिकासँग मिलेमतो गरी प्रधानन्यायाधीश नियुक्त गर्न खोजिएको र यसलाई अभूतपूर्व संकटका रूपमा हेरिएको बताए। उनले प्रधानन्यायाधीशको सिफारिसविरूद्ध कानुन व्यवसायीहरूले लाल्टिन बाल्नुपर्ने स्थिति किन आयो भनेर बुझ्न जरूरी भएको र भोलि इजलास बहिष्कार गर्नुपर्ने स्थिति आउन सक्ने बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू