माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको वेयरगेट सञ्चालनमा

यस स्टोरीको अंश: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको वेयरगेट उद्घाटन, निर्माण अन्तिम चरणमा
prasashan.com · 1 दिन अघि

रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली-१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट (ड्यामको गेट) उद्घाटन गरिएको छ । नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले आज रसुवामा आयोजित कार्यक्रममा आयोजनाको एक महत्त्वपूर्ण हिस्साका रूपमा रहेको वेयरगेटको उद्घाटन गरेसँगै सो जलविद्युत् परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले जनाएको छ । सो अवसरमा राजदूत पार्कले गणतन्त्र कोरियाली सरकारले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै नेपालको भरपर्दो विकास साझेदार बनेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू