माथिल्लो त्रिशूली–१ जलविद्युतको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सम्पन्न

यस स्टोरीको अंश: माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँधमा वियर गेट जडान सम्पन्न
kharibot.com · 1 दिन अघि

रसुवा । माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ । २१६ मेगावाट क्षमताको यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजनामध्ये एक मानिन्छ । वियर गेट जलविद्युत आयोजनाको महत्वपूर्ण हाइड्रो–मेकानिकल संरचना हो । यसले नदीको पानीको बहाव नियन्त्रण गर्दै आवश्यक मात्रामा सुरुङतर्फ मोड्ने, बाँधमा पानीको सतह स्थिर राख्ने र बढी पानीलाई सुरक्षित रूपमा नदीमा फर्काउने काम गर्छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू