लुम्बिनी प्रदेशको बजेट उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशको आगामी बजेट उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने भएको छ। प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयन योग्य र परिणाममुखी बजेट ल्याइने बताएका छन्। बजेटमा युवा लक्षित सीप विकास, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्तनमा आधारित कार्यक्रम सञ्चालन गरी प्रदेशभित्रै रोजगारी सिर्जना गरिने नीति सरकारले लिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›